Skip to content
LAXMI SUNRISE BANK

अर्थ सचिवमा तोयम राया, राजस्वको जिम्मेवारी घिमिरेलाई

अर्थ सरोकार

काठमाडौं । सरकारले अर्थमन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थमन्त्रालयका दुई सचिव हेरफेर गरेको हो ।

बैठकले अर्थमन्त्रालयको अर्थसचिवमा तोयम रायालाई र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको हो । राय यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारीमा रहेका थिए ।

त्यस्तै, राजस्व सचिवमा नियुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थमन्त्रालय ल्याइएको हो ।

यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल रहेको थिए । हाल पुस्करलाई प्रधानमन्त्री कार्यालय लगिएको छ भने दंगाललाई अख्तियारको जिम्मेवारी दिइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK