×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंक र बिओकेएलबीचको एकिकृत कारोबार प्रधानमन्त्रीद्वारा शुभारम्भ, ‘ग्लोबल आईएमई अव नम्बर १’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आईएमई बैंक र बिओकेएलबीचको एकिकृत कारोबार प्रधानमन्त्रीद्वारा शुभारम्भ, ‘ग्लोबल आईएमई अव नम्बर १’

२५ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूबीच एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले बैंक देशकै सबैभन्दा ठुलो बैंक भएकोमा आफु निकै खुसी भएको बताएका छन् । नियामक नेपाल राष्ट्र बैंकको सहयोग, बैंकका कर्मचारीको साथ र सबै सरोकारवालाहरुको सहयोगका कारण बैंक यति ठुलो बन्न सफल भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकार देशको अर्थतन्त्रप्रति गम्भीर भएकै कारण मन्त्रीपरिषदको पहिलो निर्णयमा नै अर्थतन्त्रसम्बन्धि निर्णय गरेको दाबी गरेका छन् । उनले आफु गभर्नरसँग आफु निरन्तर छलफलमा रहेकोसमेत दाबी गरे । उनले बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवन उस्तै उस्तै रहेकोसमेत बताएका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबीच अस्वस्थ प्रतिष्पर्धा बढेकाले बिग मर्जरको नीति ल्याएको बताएका छन् । लाइसेन्स पाएकाहरुमध्ये २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर कुल ६८ बैंक तथा वित्तीय संस्था भएको स्मरण गर्दै उनले बैंक ठुलो हुँदै गर्दा बैंकहरुले स्व नियमनमासमेत ध्यान दिनुपर्ने बताएका छन् । बैंकहरु ठुला भएपछि बैंक स्वयमले पनि उत्पादनमूलक क्षेत्रमा लगानीगर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले दुवै बैंकहरुलाई बधाईसमेत दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी