×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पछिल्लो ४ महिनामा काेराेना नियन्त्रणमा झन्डै ७ अर्ब खर्च भयाे’ : स्वास्थ्य मन्त्रालय

LAXMI SUNRISE BANK

‘पछिल्लो ४ महिनामा काेराेना नियन्त्रणमा झन्डै ७ अर्ब खर्च भयाे’ : स्वास्थ्य मन्त्रालय

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो ।
मन्त्रालयबाट संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सरकारले कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्ने निणर्य गरेको पनि उनले बताए । 
नेपालमा कोरोनासङ्क्रमितको संख्या भने २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८ हजार ९ सय १२ जना सक्रिय सङ्क्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी