×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंक ठुलो भएपछि अनेक चुनौती छन्, तर सबल व्यवस्थापन भएकाले ढुक्क छौँ’ : प्रभु बैंकका अध्यक्ष सिटौला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बैंक ठुलो भएपछि अनेक चुनौती छन्, तर सबल व्यवस्थापन भएकाले ढुक्क छौँ’ : प्रभु बैंकका अध्यक्ष सिटौला

Artha Sarokar

२६ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौलाले बैंक ठुलो भएपछि अनेक चुनौती आउने भए पनि सबल व्यवस्थापन भएकाले प्रभु बैंक ढुक्क रहेको बताएका छन् । दुई बैंक एक भएर सुरु भएको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै सिटौलाले यस्तो बताएका हुन् ।

दुई बैंकबीच भएको मर्जरपछि बैंकको साइज पनि बढेको बताउँदै उनले ठुलो जनशक्ति र शाखा संचालन चुनौतिको विषय भए पनि आफ्नो व्यवस्थापन सबल भएकाले सोको व्यवस्थापन सहज तरिकाले हुने कुरामा आफु ढुक्क रहेको बताएका छन् । उनले आगामी यात्रा सहज र थप  सुदृढ हुने बताउँदै सेञ्चुरी र प्रभुबीचको मर्जरले नयाँ सिनर्जी ल्याउने कुरामासमेत आफु ढुक्क रहेको बताएका छन् ।

यता कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथिसमेत रहेका प्रतिनिधि सभाका सांसद देवी भट्टचले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकका कर्मचारी तथा संचालकहरुलाई भाईचाराको सम्बन्ध स्थापित गर्न आग्रह गरेका छन् । बैंक सबल हुनका लागि ग्राहकको अहम भुमिका रहने बताउँदै उनले बैंकले ग्राहकलाई हरेक पाइलामा सहयोग गर्नेगरी अघि बढ्न समेत सुझाएका छन् । मर्जरपछि बैंक ७ अर्व हाराहारीमा एकल कर्जा दिन सक्षम बनेको भन्दै उनले मर्जरका लागि दुवै बैंकलाई बधाईसमेत दिएका छन् ।

भट्टचनले ३३ प्रतिशत महिला आरक्षण भएको बैंक बनेको भन्दै प्रभु बैंकलाई थप बधाईसमेत दिएका थिए । बैंकलाई थप सशक्त र सवाल बनाउन सबैको साथ र मेहेनत आवश्यक रहेकोले सबैलाई आआफ्नो काममा इमान्दार बन्न पनि उनले सुझाव दिएका छन् ।

भट्टचन बैंकका पूर्व अध्यक्षसमेत हुन् ।

यता कार्यक्रममा बोल्दै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चुरी र प्रभु बैंकको मर्जरले सबै कर्मचारी तथा दुवै बैंकको नेतृत्व खुसी भएको दाबी गरेका छन् । उनले मर्जरका क्रममा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

श्रेष्ठले बिग मर्जरमा रिस्क  भए पनि त्यसलाई बैंकले सहज रुपमा लिएर अगाडी बढ्ने बताएका छन् । आगामी दिनमा देखिने हरेक खालका चुनौतीका लागि बैंक तयार रहेको दाबीसमेत उनले गरेका छन् । ‘बिग मर्जरमा रिस्क हुन्छ । तर त्यसलाई हामीले सहज रुपमा लिएर अगाडी बढ्नेछौं । प्रभु बैंक र सेञ्चुरीबीचको प्राप्ति प्रक्रिया बैंकिङ क्षेत्रकै कोशेढुंगा सावित हुनेछ ।’
यता सो कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकका ग्राहकहरुलाई फरक सेवाको अनुभूति गराउने बताएका छन् । कार्यक्रममा बोल्दै उनले प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेसमेत दाबी गरेका छन् ।
नेपाली बैंकिङ इतिहासमै अर्को अध्याय सुरु भएको बताउँदै उनले सफल मर्जरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । ‘अव हामी ३५०० कर्मचारीको परिवार बनेका छौं । मर्जर प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभारी छौं ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अर्थतन्त्र सुधार र गुणस्तरीय सेवा प्रवाह अवको हाम्रो प्रमुख लक्ष रहनेछ ।
यता कार्यक्रममा बोल्दै प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेले अवको दिनमा प्रभु बैंक थप सशक्त बन्ने बताएका छन् । न्यौपाने सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी