×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तथ्याङ्क विभागलाई यूएनएफपिए र बेलायत सरकारबाट सूचना प्रविधि उपकरण हस्तान्तरण, विवरण सङ्कलनमा सघाउ पुग्ने

LAXMI SUNRISE BANK

तथ्याङ्क विभागलाई यूएनएफपिए र बेलायत सरकारबाट सूचना प्रविधि उपकरण हस्तान्तरण, विवरण सङ्कलनमा सघाउ पुग्ने

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व तयारीमा जुटेको केन्द्रीय तथ्याङ्क विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ । कुल रु. ७ करोड २० लाख बराबर मूल्यका ती उपकरणहरुमा पावर ब्याङ्क र आवश्यक सहायक सामग्रीसहित दुई हजार २५० वटा ट्याब्लेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्कस्टेसन, एउटा सर्भर, हाइ रिजोल्यूशनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्सहरु रहेका छन् । यी उपकरणहरुको खरिद यूएनएफपिएले बेलायत सरकार (यूके एड)को अनुदानमा गरेको हो । यस सहयोगले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्याङ्क उत्पादन गर्न सक्षम बनाउने विश्वास यूएनएफपिएले गरेको छ ।
केही खास गणना क्षेत्रमा ट्याब्लेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रीय तथ्याङ्क विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाईका आधारमा खण्डीकृत हुने गरी देशमा बसोबास गर्नेको सङ्ख्या कति छ र उनीहरुको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावनाहरु र आर्थिक तथा सामाजिक अवस्था लगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेका विस्तृत विवरण सङ्कलन सुनिश्चित गर्न सघाउ पुग्ने यूएनएफपिएको विश्वास छ । “सरकारको मार्गनिर्देशनअनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्याङ्क अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं”, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भन्नुभयो । 
नेपाललाई संयुक्त अधिराज्यले प्रदान गर्ने सहयोग भरपर्दो र सबैलाई समावेश गर्ने तथ्याङ्कमा आधारित हुनेतर्फ लक्ष्यित रहेको बताउँदै काठमाडौँस्थित बेलायती दूतावासकी विकास निर्देशक लिसा होनानले भन्नुभयो – “जनगणना तथ्याङ्क सङ्कलन तथा सङ्ग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो जसको आधारमा सरकारदेखि विकास साझेदार र समुदायमा आधारित सङ्घसंस्था सबैले आफ्नो सहयोगलाई सही ढङ्गबाट निर्देशित गर्न सक्छन् । त्यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्नेछ । हाम्रा साझेदार यूएनएफपिए र केन्द्रीय तथ्याङ्क विभागमार्फत यसरी उपकरण तथा प्रविधि उपलब्ध गराउन संयुक्त अधिराज्य सक्षम भएकामा म खुशी छु,।” राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी