काठमाडौँ । बैंकर्स संघले ब्याज घटाउने निर्णय गरेको छ ।वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बसेको बैठकले माघ १ गतेदेखि लागु हुनेगरी ब्याज घटाउने निर्णय गरेको हो ।
अव माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ ।