
- अर्थ सरोकार सम्बाददाता
लमजुङ । विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, नियमित, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण गर्ने बेँसीशहर नगर कार्यपालिकाले निर्णय गरेको छ । विसं.२०५३ मा लमजुङ विद्युत् उपभोक्ता संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा प्रवाह गर्दै आएको यस संस्थाबाट लमजुङको सबै स्थान र तनहुँको केही भागमा विद्युत् वितरण हुँदै आएको छ । यस संस्थाबाट दुवै जिल्लामा गरी करिब २८ हजार सेवाग्राहीलाई विद्युत् उपलब्ध गराएको छ ।
यो संस्थाले गरेको सेवा प्रवाहलगायत विविध कार्य राम्रो हुन नसकेपछि सो कार्य विद्युत् प्राविधिकरणलाई जिम्मा लगाउने औपचारीक निर्णय नगरपालिकाले गरेसँगै विद्युतमा आएको विभिन्न समस्याको समाधान हुने भन्दै जिल्लावासी उत्साहित भएका छन् । दैनिक करिब ३०-३५ पटक विजुली आउने जाने लगायत विभिन्न समस्या सेवाग्राहीहरुले झेल्दै आएका छन् ।
नगरपालिका क्षेत्रमा विद्युत् संरचनाको पूर्वाधार सुदृढीकरण हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत कमजोर रहेका कारण विगतदेखि नै विद्युत् आपूर्ती नियमित र भरपर्दो हुन नसकेर अत्यधिक जनगुनासो बढेकाले यस्तो निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्