×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ जनामध्ये ११ जना विदेशी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ जनामध्ये ११ जना विदेशी

Artha Sarokar

१ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबार पोखरामा पुरानो विमानस्थलको पछाडिपट्टीको सेती नदी खोँचमा दुर्घटना भएको विमानमा सवार ७२ जनामध्ये ११ जना विदेशी नागरिक रहेको खुलेको छ ।

अर्थ सरोकार डटकमलाई प्राप्त यात्रु र चालक दलका सदस्य सहितको सूची अनुसार दुर्घटनामा परेको विमानमा ४१ जना महिला र २७ जना पुरुष रहेका छन् । काठमाडौंदेखि पोखरासम्मको यात्रामा रहेको सो विमानमा ११ जना विदेशी नागरिक रहेका छन् । त्यस्तै, सोही विमानमा ३ जना बालबालिकासमेत रहेका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एन एनसी एटीआर आइतबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनाबारे प्राप्त पछिल्लो अपडेट अनुसार हालसम्म ३२ जनाको शव निकालिएको छ भने बाँकीको उद्धार कार्य जारी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी