Skip to content
LAXMI SUNRISE BANK

यति विमान दुर्घटना अपडेपः हालसम्म ६२ जनाको शव निकालियो, अधिकांशको शव पहिचान गर्नै मुस्किल

अर्थ सरोकार

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनास्थलबाट ६२ जनाको शव निकालिएको छ ।

पछिल्लो ४ बजेसम्मको अपडेट अनुसार दुर्घटनास्थलबाट ६२ जनाको शव निकालिएको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ । उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीका अनुसार निकालिएका अधिकांश शव पहिचान गर्नै नसकिने अवस्थामा रहेका छन् ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पताल लगिएको छ भने शवको पहिचान र पोस्र्टमाटमपछि आफन्तलाई बुझाइनेछ ।

आइतबार बिहान चालक दलका ४ जना सदस्यसहित ६८ जना यात्रु बोकेर काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरलाइन्सको विमा सेती नदीको खोँचमा खसेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK