Skip to content
LAXMI SUNRISE BANK

सोमबारका लागि यति एयरलाइन्सका सम्पूर्ण उडान रद्ध, शोकमा गृहमन्त्रालयले राष्ट्रिय झण्डा झुकाउने

अर्थ सरोकार

काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि यति एयरले सोमबारका लागि आफ्ना सबै आन्तरिक उडान रद्ध गरेको छ ।

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको शोकमा सम्पूर्ण उडान रद्ध गरिएको एयरलाइन्सले जनाएको छ । तर, आपतकालीन र उद्धारका उडानहरु भने हुनेछन् ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो । सो विमानमा चालक दलका चार जना र ६८ जना यात्रु गरी कुल ७२ जना सवार थिए ।

त्यस्तै, सोमबार सरकारले देशभर शोक बिदा दिने घोषणा गरेको छ । योसँगै गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK