×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर २ गते सार्वजनिक विदा ! (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK

मंसिर २ गते सार्वजनिक विदा ! (विज्ञप्तिसहित)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो । 
उक्त दिन किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले जानकारी दिए । सो दिन सरकारी कार्यालय बन्द रहनेछन् । मंसिर १ गते भाइटिका छ । त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।
त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी