×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उदयपुर अध्यक्ष भगतको उम्मेद्वारी दर्ता

LAXMI SUNRISE BANK

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उदयपुर अध्यक्ष भगतको उम्मेद्वारी दर्ता

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि महासंघको उदयपुर अध्यक्ष गजेन्द्रकुमार भगतले उम्मेद्वारी दर्ता गराएका छन् । उदयपुरमा रहेर लामो समयदेखि उद्योग व्यवसाय गर्दै आएका भगतले जिल्ला–नगरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
बुधबार महासंघको केन्द्रीय कार्यालय टेकु पुगेर उम्मेद्वारी दर्ता गराएका उनले उद्योगी–व्यवसायीहरुको हितका लागि आवज उठाउनकै लागि आफूले उम्मेद्वारी दिएको बताए । उद्योगी–व्यवसायीहरुमा राम्रो छवी बनाएका भगत जिल्लाकै निकै सक्रिय व्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघ, त्रियुगाको अध्यक्ष हुन् । महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी