×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र

PRIME CA

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रवि लामिछानेले वैधानिक रुपमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

नागरिकता वैधानिक बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका लामिछानेले २०५० साल सालमा लिएको नागरिकता नम्बर नै उल्लेख गएको नागरिकता पाएका हुन् । नागकिरता नयाँ भए पनि नागरिकता नम्बर भने पुरानै भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायत प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

त्यसलगत्तै आफू अनागरिक भएको प्रतिक्रिया दिएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: