×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविलाई तत्काल गृहमन्त्री बनाउन ओलीको दबाब, माओबादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

PRIME CA

रविलाई तत्काल गृहमन्त्री बनाउन ओलीको दबाब, माओबादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिएका छन् ।

नागरिकता विवादका कारण गृहमन्त्री पद गुमाएका लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएसँगै उनैलाई गृहमन्त्रीमा बहाली गर्न ओलीले दबाब दिएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

‘एमाले अध्यक्ष ओली ज्युले फोन गरेर प्रधानमन्त्री ज्युलाई रविलाई नै गृहमन्त्री बनाउन सुझा दिनुभएको हो’, स्रोतले भन्यो, ‘उत्तरमा प्रधानमन्त्री ज्युले केही भन्नु भएन, तर उहाँको आशय रविलाई गृहमन्त्री नबनाउने छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नै पार्टीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा देखिएका छन् । नागरिकता विवादका कारण रविले गृहमन्त्री गुमाएपछि प्रधानमन्त्रीले गृहमन्त्रालय आफैसँग राखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: