×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोकमरी सूचकांकमा नेपाल दक्षिण एशियामा सबैभन्दा बलियो

PRIME CA

भोकमरी सूचकांकमा नेपाल दक्षिण एशियामा सबैभन्दा बलियो

१६ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भोकमरी सूचकांकमा नेपाल दक्षिण एशियामा सबैभन्दा बलियो देखिएको छ ।  सन् २००० मा जोखिमपूर्ण रहेको नेपालमा भोकमरीको अवस्था सुधारोन्मुखसंगै दक्षिण एशियामा अन्य मुलुकको तुलनामा बलियो देखिएको हो । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो ।

यसअघि सन् २००० मा भोकमरीको सूचकांकमा नेपालले ३७.० अंक पाएको थियो । जुन समयमा नेपालमा भोकमरीको उच्च जोखिम मुल्यांकन गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर जोखिमपूर्ण अवस्थामा सुधार देखिएको थियो । जुनबेला नेपालले क्रमशः ३०.० र २१.२ अंक पाएको थियो ।

हाल भने नेपालमा भोकमरीको अवस्था अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले १९.१ अंक पाउँदै भोकमरीको सूचीमा ८१औँ स्थानमा देखा परेको छ ।

यता विश्व भोकमरीको सूचकांकमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा कमजोर देखिएका छन् । बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०।९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: