×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र र जनताको पक्षमा नयाँ रेकर्ड कायम हुन्छ’- प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘राष्ट्र र जनताको पक्षमा नयाँ रेकर्ड कायम हुन्छ’- प्रचण्ड

Artha Sarokar

१७ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र र जनताको पक्षमा नयाँ रेकर्ड कायम गर्ने बताएका छन् । राष्ट्रिय शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा केही मानकहरु कायम गर्ने, केही रेकर्डहरु बनाउने आवश्यकता र बाध्यता छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘र मैले आफ्नो जीवनको उत्तरार्धमा अब सम्पूर्ण रुप्ले सुशासन र विकासको निम्ति काम गर्ने र त्यसभन्दा बाहेक अरु नगर्ने प्रतिवद्धता गरेको छु ।’

त्यस्तै, कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगार पाउने स्थिति र रोजगारीका लागि विदेश जानेहरुको व्यवस्थापनका लागि केही योजना सोच्दै गरेको समेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी