×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम अडानी संसारकै धनाढ्यको सूचीमा ‘टप १०’बाट बाहिरिए

PRIME CA
GLOBAL IME BANK

गौतम अडानी संसारकै धनाढ्यको सूचीमा ‘टप १०’बाट बाहिरिए

१९ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एक साता अघिसम्म संसारकै धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा रहेका भारतका गौतम अडानी अर्बपतिहरुको सुचीमा ‘टप १०’बाट बाहिरिएका छन् । फोब्र्सका अनुसार बुधबार थप १२ अर्ब डलर सम्पत्ति गुमाएपछि उनी अर्बपतिको सुचीमा १५औँ स्थानमा पुगेका हुन् ।

हाल अडानीको नेटवर्थ भारतका अर्का अर्बपति मुकेश अम्बानीको भन्दा पनि तल झरेको छ ।

केही दिन अघि ‘हिन्डेनबर्ग रिसर्च’ले सार्वजनिक गरेको ३२ हजार शब्दको एक रिपोर्टका कारण अडानी समूहका सेयर मूल्यमा भारी गिरावट आएको हो । रियल टाइम्ब बिलिनियर्सका अनुसार हाल सर्वाधिक धनीको सूचीमा १५औँ स्थानमा रहेका अडानीको सम्पत्ति ७४.७ अर्ब डलरमा झरेको छ ।

‘हिन्डेनबर्ग’को रिपोर्ट सार्वजनिक भएयता अडानीले ४८ अर्ब डलरभन्दा धेरै सम्पत्ति गुमाएका छन् । गतवर्ष अर्थात सन् २०२२ मा अडानीले वृद्धि गरेको नेटवर्थ उनले सन् २०२३ को पहिलो महिनामै गुमाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: