×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिविद्वारा स्नातक तहका परीक्षा तालिका सार्वजनिक, मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने

LAXMI SUNRISE BANK

त्रिविद्वारा स्नातक तहका परीक्षा तालिका सार्वजनिक, मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिक सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बल्खुले आउँदो मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक हो ।
२०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायतर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षा मंसीर २८ गतेदेखि पुस १४ गतेसम्म संचालन हुनेछन् । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।
४ वर्षे स्नातक तह चौंथो वर्षको परीक्षा दिनुपर्ने तर परीक्षा आवेदन फारम भर्न छुटेका विद्यार्थीहरुले दोब्बर दस्तुरसहित २०७७ मंसिर ८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले १० गतेभित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइसक्न पनि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ ।
परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्को व्यवस्था नगरिने पनि परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । पायक पर्ने परीक्षा केन्द्र छनौटमा आवेदन दिने परीक्षार्थी बाहेक अन्य परीक्षार्थीहरूले तोकिएको केन्द्रबाटै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । अन्य केन्द्रबाट परीक्षा दिएमा परीक्षा स्वतः रद्द हुने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी