काठमाडौं । नेपालको पाँच तारे होटलमा विदेशी नागरिकलाई गैरकानुनी रुपमा काममा लगाइएको पाइएको छ । काठमाडौंको दरबार मार्गमा रहेको होटल याक एण्ड यतीले विदेशी नागरिक मोनिका पिटर स्काइब्लाउरलाई गैर कानुनी रुपमा होटलको महाप्रबन्धकमा नियुक्ति गरेको पाइएको हो ।
राधेश्याम सराफ अध्यक्ष रहेको उक्त पाँच तारे होटलले व्यापारिक भिसामा नेपालमा रहेकी अष्ट्रियाली नागरिक मोनिकालाई श्रमस्वीकृतिबिना महाप्रबन्धकमा नियुक्त गरेको हो ।
यसो त श्रमस्वीकृतिबिना विदेशीले नेपालमा काम गर्नु गैरकानुनी हो । तर, मोनिकाले श्रमस्वीकृति नै नलिई काम गर्दै आएकी छिन् । श्रम कानुनको उल्लंघन गर्दै होटल याक एण्ड यतीले विदेशी नागरिकलाई जागिरमा राखेको भन्दै एकीकृत ट्रेड युनियन महासंघले कानुन विपरित विदेशी श्रमिकलाई काममा लगाउने प्रतिष्ठान र विदेशी श्रमिकलाई कार्वाहीको माग गर्दै श्रम तथा व्यवसायजन्य सुरक्ष विभागमा निवेदन दिएसँगै यो प्रकरण सतहमा आएको हो ।

विदेशी नागरिक मोनिकाले नेपालमा विजनेश गर्ने भरी सोही अनुसारको भिजा लिएको देखिन्छ । तर, उनले आफुले लिएको भिजाको दुरुपयोग गर्दै होटल याक एण्ड यतिमा ‘जीएम’का रुपमा श्रम गर्दै आएको पाइएको हो ।

यसरी एउटा प्रयोजनका लागि नेपाल आएर अर्कै प्रयोजनमा काम गर्नु कानुन विपरित भएको भन्दै काम गर्ने र काममा लगाउने दुवैलाई कार्वाही गर्न एकीकृत ट्रेड युनियन महासंघले माग गरेको छ । योसँगै मोनिकाको नियुक्ति गैरकानुनी भएको भन्दै विभिन्न कर्मचारी संस्थाहरुले पनि कार्वाहीका लागि उजुरी गरेका छन् । तर, उनीभने मिडियासँग कुनै पनि प्रतिक्रिया दिन चाहदिनन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्