×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सले बोलायो कात्तिक २६ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सले बोलायो कात्तिक २६ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा बुधबार (कात्तिक २६ गते) हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय शान्ता प्लाजा बानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७५–७६ को प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । आव २०७६–७७ का लागि लेखा परीक्षक पनि नियुक्त गरिनेछ । यस्तै, आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि छलपल हुनेछ । ज्योतिले गत वर्ष सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाटै ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिन भने बाँकी रहेको छ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ जारी भइसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: