काठमाडौं । पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका छन् । बुधबार अर्थ मन्त्रालयले पुडासैनीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।
सञ्चालक समिति सदस्यमा नियुक्त भएसँगै उनलाई सञ्चालक समितिको बैठकबाट बैंकको अध्यक्षमा चयन गरिनेछ । केही दिनअघि शैक्षिक योग्यतामाथि प्रश्न उठेसँगै रमेश दुवाडीले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । दुवाडीको राजिनामासँगै रिक्त रहेको अध्यक्ष पदमा अब पुडासैनी नियुक्त हुनेछन् ।
हाल बैंकको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र प्रसाद मिश्रले सम्हालेका छन् । पुडासैनी अध्यक्षमा निर्वाचित भएपछि भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिनेछन ।