Skip to content
LAXMI SUNRISE BANK

सीसी क्यामरा कागजले छोपेर एटिएम फोडेर पैसा लुट्न खोज्ने दुई पक्राउ

अर्थ सरोकार

गण्डकी । सिसि क्यामरासमेत कागजले छोपेर एटिएम मेशिन फुटाउन खोज्ने दुई जना पक्राउ परेका छन् । एनआईसी एशिया बैंक, नेपाल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका एटिएम मेशिन फुटाउन खोज्नेहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरूमा जिल्ला उदयपुर गाईघाट नगरपालिका वडा नम्बर ७ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का सुशील चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ का अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेका गुरुङ र राईलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा बुधबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रियाअगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK