काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडबाट साटिएको डलर नक्कली परेको छ । चलचित्र बिकास बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई पुगेका बोर्डकर्मी नक्कली डलरसहित दुबईको विमानस्थलमा समातिएपछि सिटिजन्स बैंकको यस्तो प्रकरण बाहिर आएको हो ।
दुबई पुगेका नेपालीसँग नक्कली नोट भेटिएपछि त्यहाँ नीजलाई झन्डै ३ घण्टा केरकार गरिएको थियो । उनीहरुले सिटिजन्स बैंकको कपन साखाबाट डलर साटेका थिए । पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका थिए ।
यता नेपालको प्रहरीलाई भने यस विषयमा जानकारी नदिईएको पाइएको छ । प्रहरी र राष्ट्र बैंकले पनि घटनाबारे आफुलाई जानकारी नभएको दाबी गरेका छन् । घटना बाहिरिंदा पनि सिटिजन्स बैंकका अधिकारी यस विषयमा बोल्न नखोज्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।