- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेवानिवृत्त सरकारी कर्मचारीको पेन्सन अब सोझै बैंक खातामा पठाइने भएको छ । महालेखा नियन्त्रक कार्यालयको एफटी प्रणालीबाट सोझै सेवानिवृत्त सरकारी कर्मचारीको खातामा पेन्सन रकम जाने व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि सञ्चय कोष र कोष तथा लेखा नियन्त्रक कार्यालयको माध्यामबाट पेन्सन भुक्तानी हुने गरेको थियो ।
अब निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी करिब २ लाख ७६ हजार सेवा निवृत्त सरकारी कर्मचारीहरुको पेन्सन रकम सोझै बैंक खातामा जानेछ र उनीहरुले सजिलै रकम भुक्तानी लिन सक्नेछन् । कार्यालयले गत फागुनमा सरकारी कर्मचारीको सञ्चय कोष, निवृत्तभरण कोष र सापटी भुक्तानी रकम राष्ट्रिय लेखा प्रणालीमार्फत् भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।