काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.६१ अंकले घटेर २०१९.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबार सबैभन्दा बढी कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५ सय ८४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५ सय ८४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, सानिमा माई हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन डिष्ट्रिलरी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रिमियर इन्स्योरेन्समा यस्तो गिरावट आउँदा राप्ती हाइड्रो एण्ड जेनेरल, समलिंग पावरकम्पनी, तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्