काठमाडौं । जाजरकोटमा लघुवित्तकर्मीमाथि कालोमोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । ऋणको किस्ता उठाउन आएको भन्दै एनआईसी लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई कालोमोसो दल्ने विप्लपका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
जागरकोटको भेरी नगरपालिका ११ मा किस्ता उठाउने बाहनामा ऋणीलाई टर्चर दिएको, घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकाले उपाध्यायलाई कालोमोसो दलेका थिए । कालोमोसो दलेको सूचना विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती नै जारी गर्दै सार्वजनिक गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नवीन चुँजालीले बताएका छन् ।
‘लघुवित्तकर्मीलाई कालोमोसो दलेको आरोपमा अहिले ४ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरुले किस्ता उठाउन गएका कर्मचारीलाई जबरजस्ती कालोमोसो दलेको आरोप छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै इन्स्पेक्टर चुँजालीले भने, ‘अहिले उनीहरुमाथि थप अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीका अनुसार पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज पैरख, सेक्रेटरी विराजन सी, कर्ण बस्याल र दिपेन्द्र सिंह रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्