काठमाडौं । बैंकविरुद्धको आन्दोलनले सुरक्षा चुनौती थपेको भन्दै नेपाल बैंकर्स संघले सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैंकको ऋण नतिर्ने भन्दै देशव्यापी रुपमा आन्दोलन चर्किरहेका बेला ‘सुरक्षा थ्रेट’ बढेको भन्दै संघले सरकारसँग सुरक्षा माग गरेको हो ।
संघका अध्यक्ष सुनिल केसी नेतृत्वको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहलाई भेटेर सुरक्षा मागेको हो । भेटका क्रममा बैंकविरुद्धको आन्दोलनले बैंक सञ्चालन गर्नै मुस्किल भएको भन्दै सुरक्षा व्यवस्था मिलाउन माग गरिएको संघका एक पदाधिकारीले बताएका छन् । ‘अहिले बैंकको ऋण तिर्दैनौँ भन्ने समूह आन्दोलनमा उत्रिएको छ । कतिपय ठाउँमा त वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुमाथि दुव्र्यवहार समेत भएको छ ।’ उनले भने, ‘यही स्थितिमा काम गर्न चुनौती थपिएको छ । त्यसैले सरकारसँग सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छौँ । हाम्रो मागप्रति उहाँहरु सकारात्मक नै हुनुहुन्छ ।’
त्यस्तै, भेटका क्रममा गृहसचिव र प्रहरी प्रमुखले बैंकर्स संघको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । संघका अध्यक्ष केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष सन्तोष कोइराला तथा कार्यसमिति सदस्य सुदेश खालिङ तथा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्