×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने, प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने

LAXMI SUNRISE BANK

नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने, प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अव नेपालमै रासायनिक मलको कारखाना खोल्न सकिने भएको छ । बिजुलीको उपयोग गरेर नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निष्कर्ष निकालेको हो । मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारी संयोजक रहेको अध्ययन कार्यदलले कृषिमन्त्री घनश्याम भूसाललाई बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ ।
बायोमास ग्यासिफिकेसन र जलविदुतको हाइब्रिड प्रविधिबाट नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्न सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ । नेपालमा जलविद्युत उत्पादन बढ्ने अवस्थामा उक्त प्रविधिबाट मल उद्योग चलाउने सकिने प्रतिवेदनमा भनिएको छ । प्रविधि छनोटका लागि भने थप अध्ययन चाहिने कार्यदलले सिफारिस गरेको छ । 
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् १९८४ र लगानी बोर्डले २०१६ मा गरेको अध्ययनलाई समयनुकुल परिमार्जन गरेर अघि बढे रसायनिक मल कारखाना खोल्न सकिने कार्यदलको सुझाब छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी