काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले अर्थ सरोकारको नाम नै लिएर अन्य व्यापारीका बारेमा पनि बुझ्न अनुरोध गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका प्रसाईंले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने क्रममा आफूसँगै अन्य ठूला घरानाका ब्यापारीका बारेमा पनि बुझ्न आग्रह गरेका छन् ।
नेपालका सिमित व्यापारीले बैंकिङ प्रणालीबाट ठूलो रकम चलाएकोसमेत प्रसाईंको आरोप छ । ‘ठूला घरानाका व्यापारीको सम्पत्ति खोजिएन बरु मेरो धितो र ऋणको बारेमा खोजी गरियो । मेरो परिवार त हजार वर्षदेखि यहीँ बस्दै आएको परिवार हो तर हिजो आउने व्यापारीले १० हजार करोडको ऋण कसरी पायो ? त्यो चाहीँ अर्थ सरोकारसँग बुझिदिनुहोला ।’ उनले भने, ‘उहाँहरुले मेरो बारेमा त सबै बुझ्नुभएछ तर ठूला घरानाका व्यापारीका बारेमा पनि खोजिदिनुहोला ।’
त्यस्तै, प्रसाईंले चैत्र १ गतेदेखि १९ गतेसम्म देशव्यापी रुपमा आमसभा र विरोध गर्ने र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलनबाटै प्रसाईंले बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना निकाल्ने काम तत्काल रोक्नसमेत माग गरेका छन् । पत्रकार सम्मेलनका क्रममा प्रसाईंले बोलेका अन्य अशंहरु भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्