Skip to content
LAXMI SUNRISE BANK

युट्युबरलाई धन्यबाद दिँदै दुर्गा प्रसाईंले भने– ‘गाउँगाउँमा पुगेर पीडितका अवाज उठाउनुभएको छ, आशिर्वाद लाग्छ’

अर्थ सरोकार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आफूहरुको अभियानमा युट्युबरहरुको सहयोग सम्मानयोग्य भएको बताएका छन् । आन्दोलनका थप कर्याक्रम घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।

प्रसाईंले गाउँगाउँमा पुगेरै बैंक तथा वित्तीय संस्थाका पीडितहरुको आवाज उठाएको भन्दै धन्यवाद समेत दिएका छन् । ‘युट्युबर–युट्युबर भन्थै तिनै युट्युबरकै कारण अहिले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको आवाज बाहिर आएको छ ।’ उनले भने- ‘उहाँहरुप्रति नमन छ । यो हाम्रो अभियानमा युट्युबरहरुको योगदान र भूमिका सम्मानयोग्य छ । तपाईहरुलाई ति गरिब, निमुखा र पीडितहरुको आशिर्वाद लाग्छ ।’

सम्मेलनकै क्रममा प्रसाईंले आफूसँगै अन्य ठूला घरानाका ब्यापारीका बारेमा पनि बुझ्न आग्रह गरेका छन् । ‘ठूला घरानाका व्यापारीको सम्पत्ति खोजिएन बरु मेरो धितो र ऋणको बारेमा खोजी गरियो । मेरो परिवार त हजार वर्षदेखि यहीँ बस्दै आएको परिवार हो तर हिजो आउने व्यापारीले १० हजार करोडको ऋण कसरी पायो ? त्यो चाहीँ अर्थ सरोकारसँग बुझिदिनुहोला ।’ उनले भने, ‘उहाँहरुले मेरो बारेमा त सबै बुझ्नुभएछ तर ठूला घरानाका व्यापारीका बारेमा पनि खोजिदिनुहोला ।’

त्यस्तै, प्रसाईंले चैत्र १ गतेदेखि १९ गतेसम्म देशव्यापी रुपमा आमसभा र विरोध गर्ने र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलनबाटै प्रसाईंले बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना निकाल्ने काम तत्काल रोक्नसमेत माग गरेका छन् । बाँकी अंश भिडियोमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK