काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । आज राष्ट्रपति निवासमा भएको एक विशेष कार्यक्रमका बीच उनले सपथ लिएका हुन् । ५ बर्षका लागि देशको राष्ट्रपतिमा निर्वाचित पौडेल हुँदै गर्दा उनले पाउने तलव सुविधाका बारेमा पनि चर्चा सुरु भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तोकिएको छ । तलवका अतिरिक्त राष्ट्रपतिले पोशाक खर्चका नाममा बर्षको एक पटक २५ हजार रुपैयाँ पाउँछन् भने राष्ट्रपतिको पदबाट निवृत्त हुँदा थप एक महिनाको तलब र सुविधासमेत पाउनेछन् । दिइन्छ ।
राष्ट्रपति स्वदेश वा विदेशको भ्रमण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यहोर्नेछ । त्यस अतिरिक्त उनलाई भ्रमण भत्ता पनि सरकारले दिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ११ को उपदफा २ र दफा १२ अनुसार स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार ३०० रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय ५० अमेरिकी डलर दरले भत्ता दिने व्यवस्था छ । राष्ट्रपतिलाई २५ लाख रुपैयाँ बराबरको बीमा सुविधासमेत सरकारले प्रदान गर्नेछ । यस अलावा सवारीसाधन, शितल निवासको टेलिफोन कम्प्युटर, इन्टरनेट, पत्रपत्रिका जस्ता सञ्चार सुविधा समेत सरकारले नै व्यवस्था गर्ने गरेको छ ।
राष्ट्रपतिले उपचार खर्चसमेत पाउँछन् । राष्ट्रपतिको लागि सरकारले एक/एक निजी चिकित्सकको व्यवस्था गर्छ भने अस्पताल भर्ना भई उपचार गराएको खण्डमा वा विदेशमा गई उपचार गराएको खण्डमा पनि त्यसको खर्चसमेत सरकारले व्यहोर्छ ।
राष्ट्रिपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढीमा सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन भने राष्ट्रपतिको नीजी सचिवालयमा १९ जना कर्मचारी रहन सक्ने व्यवस्था गरिएको छ । ती कर्मचारीमा हुने सबै खर्च सरकारले नै व्यहोर्ने गरेको छ ।