
- अर्थ सरोकार सम्बाददाता
लहान । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि सिराहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा अस्पतालका दुई स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए ।
संक्रमित सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । सङ्क्रमण पुष्टी भएकाहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको प्रमुख यादवले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्