- अर्थ सरोकार सम्बददाता
बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको आज बिहान ६ बजे बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
उनमा कात्तिक २२ गते कोरोना संक्रमणपुष्टी भएको थियो । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।