×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृह माओवादी र अर्थ मन्त्रालय कांग्रेसले पाउने लगभग पक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृह माओवादी र अर्थ मन्त्रालय कांग्रेसले पाउने लगभग पक्का !

Artha Sarokar

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गृह मन्त्रालय आफू नेतृत्वमा रहेको माओवादी केन्द्रकै पोल्टामा पार्ने तयारीमा छन् । दोस्रो पटक विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रचण्डले गृह मन्त्रालय भने आफैसँग राख्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारीमा छन् । उप्रधानसहित भौतिक मन्त्रालय सम्हालिरहेका मन्त्री श्रेष्ठ पनि गृह जान इच्छुक देखिएका छन् । उनी तत्कालीन एमाले गठबन्धन सरकारको पालामा पनि गृह नै जान खोजिरहेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह नछाडेपछि उनी भौतिक मन्त्रालय जान बाध्य भएका थिए ।

‘मन्त्रालयको जिम्मेवारी हेरफेर हुने पक्का हो । तर, कसले कुन मन्त्रालय पाउँछ भन्ने बिषय सपथ नलिई भन्न सकिन्न ।’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘यद्यपी, सत्ता साझेदार दलसँग मन्त्रालय भागण्डाको बिषयमा छलफल जारी छ । त्यसपछि कसले कुन मन्त्रालय पाउने टुंगिएला ।’

त्यस्तै, गठनबन्धनमा रहेको काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ । अर्थ मन्त्रालय कांग्रेसले पाए गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउने स्थिति हालसम्म देखिएको छ । श्रेष्ठसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि हेरफेर हुने तयारी छ ।

अहिले मन्त्रालयको नेतृत्व अमनलाल मोदीले गरिहेका छन् । मन्त्रालय हेरफेर भए मोदी सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा जानेछन् । सुचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने यथावत नै रहनेछ । उक्त मन्त्रालयको रेखा शर्माले गरिरहेकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी