×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानहुँकोटमा टिकटक भिडियो बनाउनेको ताँती, एकैदिन पुगे १० हजार पर्यटक !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मानहुँकोटमा टिकटक भिडियो बनाउनेको ताँती, एकैदिन पुगे १० हजार पर्यटक !

Artha Sarokar

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । 
दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।
यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उहाँले भन्नुभयो । 
मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ । 
घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस्”, उहाँले भन्नुभयो ।
तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी