×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२२ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकका अनुसार मंगलबार जारी हुने २८ दिनको लागि ५ अर्बको ट्रेजरी २०८० वैशाख १२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल २०८० असार १२ गते परिपक्व हुनेछ भने १८२ दिनको लागि जारी गर्न लागिएको ६० करोड रुपैयाँको ट्रेजरी असोज ९ गते परिपक्व हुनेछ ।

त्यस्तै, एक वर्षको लागि जारी हुने ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०८० चैत १३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गर्ने टे«जरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागिता जनाउन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी