- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । बुधबार नेपालको भ्रमणमा आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा उनलाई नारायणहिटीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकप्टरमा लगिएको थियो ।
उनलाई लैनचौरस्थित भारतीय दूतावासबाट नारायणहिटी लगेर हेलिकप्टर चढाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नयाँ दिल्ली प्रस्थान गरेका छन् । आज स्वदेश फर्किनु अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनाका मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए।