×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाइटिकाको भोलीपल्टदेखी खुल्लामञ्चलगायतका सार्वजनिक स्थलमा निःशुल्क खाना वितरण बन्द

LAXMI SUNRISE BANK

भाइटिकाको भोलीपल्टदेखी खुल्लामञ्चलगायतका सार्वजनिक स्थलमा निःशुल्क खाना वितरण बन्द

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तिहार अर्थात भाइटिकाको भोलिपल्टदेखि खुलामञ्चलगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भएको सहमति अनुरुप मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना खुवाउने कार्य बन्द गर्ने सहमति भएको हो ।
फेरि पनि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गरेर मात्रै खाना खुवाउने कार्य गरिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी