×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ समितिमा हरि ढकाल र बिराजभक्त श्रेष्ठलाई पठाउने रास्वपाको निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ समितिमा हरि ढकाल र बिराजभक्त श्रेष्ठलाई पठाउने रास्वपाको निर्णय

Artha Sarokar

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ताका नेताका रुपमा चर्चित र प्रिय बनेर संसदको यात्रा तय गरेका हरि ढकाल र बिराजभक्त श्रेष्ठलाई रास्वपाले अर्थ समितिमा पठाउने भएको छ ।  रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार पार्टीले अर्थ समितिमा ढकाल र श्रेष्ठलाई पठाउने भएको हो ।

यता पार्टीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने पार्टीले डा. तोसिमा कार्की र सुमना श्रेष्ठलाई पठाउने भएको छ भने लेखा समितिमा असिम शाह र सार्वजनिक लेखा समितिमा मनिष झालाई पठाउने निर्णय पार्टीले गरेको छ ।

यस्तै पार्टीले कानुन, न्याय तथा मानव अधिकार समितिमा सोविता गौतम र सन्तोष परियार जाने भएका छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र विनिता कठायत जाने भएका छन्। यस्तै पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाललाई पठाउने भएको छ भने उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई पठाउने भएको छ ।यता पार्टीले महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, तथा राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्कीलाई पठाउने भएको छ भने पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगीलाई पठाउने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी