काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन् ।
‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ ।’, उनले भने, ‘विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटनलगायत क्षेत्रमा प्रगति हुँदै जान थालेको छ । कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ ।’
नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्व दिइएको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको थियो ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीलाई आग्रह गरे ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली सङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत निजी क्षेत्रसम्बद्ध सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्