Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेना प्रमुख नरावणेले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्दै, भेटघाटपछि स्वदेश फर्किने कार्यक्रम !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरावणेले आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने भएका छन् । आज दिउँसो २ बजे भेटघाटको कार्यक्रम तय भएको बताइएको । नरावणे गत बुधवार नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन नेपाल आइपुगेका थिए । 
उनले बुधवार र बिहीवारभेटघाट, विभिन्न ठाउँको अवलोकन तथा सम्मान ग्रहण गरेका छन् । आज प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि स्वदेश फर्किनेछन् । नेपाल भारतमा एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथिको सम्मान दिने परम्परा लामो समयदेखि चल्दै आइरहेको छ । उनी नेपालमा मानार्थ महारथिको सम्मान लिने १८औँ व्यक्ति हुन् । नेपाल भारतको सीमा बिबाद चलिरहेका बेला प्रधानमन्त्री ओली र नरावणेबीचको भेटघाटलाई चासोको रुपमा हेरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK