काठमाडौं । अर्थविद् डा.चन्द्रमणी अधिकारीले जग्गाको कित्ताकाट खेल्ने सरकारी निर्णय सिकिस्त बिरामीलाई सिटामोल दिएजस्तो भएको बताएका छन् । सरकारले मन्दीतर्फ उन्मुख मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको जगाको कित्ताकाट खोल्ने निर्णय दीर्घकालीन उपलब्धिमुलक नहुने डा.अधिकारीको भनाई छ ।
‘मुलुकको अर्थतन्त्र बिरामी जरुर छ, तर ‘कोमा’मै पुगिसकेको छैन ।’, उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सरकारले गरेको कित्ताकाट खोल्ने निर्णय सिकिस्त बिरामीलाई सिटामोल दिएजस्तो मात्रै हो । दीर्घकालीन सुधारका लागि अरु नै उपाय अपनाउनुपर्छ ।’
हाल सरकार र मातहतका वित्तीय निकायहरुले मुलुकको अर्थतन्त्र बाहिरी हल्लाजस्तो निराशाजनक नभएको दाबी गर्दागर्दै पनि कित्ताकाटलाई ठूलो महत्व दिनु ठिक नभएको अधिकारीको दाबी छ । रकम सबै जग्गामा फसेको र जग्गाको कारोबार नहुँदा यो अवस्था आएको भन्ने निष्कर्ष निकालेको सरकारले कित्ताकाट खोल्ने निर्णय गरेपछि जग्गाको कारोबारले मात्रै अर्थतन्त्र चलायमान नहुने अर्थविद् अधिकारीको भनाई छ । डा.चन्द्रमणी अधिकारीसँगको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः