
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वीरगञ्ज महानगरपालिका–६ माइस्थानका ५८ वर्षिय सत्य नारायणप्रसाद रौनियारलाई बुधबार काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध मन्दिपकुमार थापा र सन्तोषकुमार चौधरीले बैंकिङ कसुरका दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । सो मुद्दामा उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालतको उक्त फैसलापछि उनी फरार रहेका थिए । रौनियारले आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै सापटी लिएको रकम फिर्ता दिने भन्दै रकम नभएको खाताको चेक काटेर थापा र चौधरीलाई दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्