- अर्थ सरोकार सम्बाददाता
उदयपुर । कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको पानी उपभोग गर्न बाध्य हुँदै आएका छन् । हालसम्म शुद्ध पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ । स्थानीय पूर्णबहादुर दनुवार भन्नुहुन्छ,“खानेपानीको अन्य विकल्प छैन । खोलाको पानी खान बाध्य छौँ । ”
स्थानीय पञ्चमान दनुवारले खोलाको पानी उपभोग गर्दा बिरामी हुने गरेको जानकारी दिनुभयो । कटारी ७ रिस्कुका वडाध्यक्ष धनबहादुर दनुवारले खोनेपानीको उचित प्रबन्ध गरिने लागेको जानकारी दिनुभयो ।