×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रियुगा नगरपालिकाका शाखा प्रमुखसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, ९ दिनका लागि कार्यालय बन्द !

LAXMI SUNRISE BANK

त्रियुगा नगरपालिकाका शाखा प्रमुखसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, ९ दिनका लागि कार्यालय बन्द !

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत शाखा प्रमुखसहित प्राविधिक र अन्य गरी आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै नगरपालिकाले कात्तिक २८ गतेसम्मका कार्यालय सेवा बन्द गराएको छ । 
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईले बिहीबार एक सूचना जारी गर्दै कार्यालय र मातहतका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) वाहेक दैनिक सञ्चालन हुने सेवाहरु बन्द हुने जनाइएको छ । 
संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको सूचनामा उल्लेख छ । निमित्त राईले पोजिटिभ देखिएका व्यक्तिसँग सम्र्पकमा रहेका सबैलाई होम क्वारेन्टाईनमा बसिदिन र स्वास्थ्य सम्बन्धि समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्पर्क गरी सुरक्षित रहन अनुरोध गरेका छन् । 
कर्मचारीमा कोरोना संक्रमण भएकोले यहीँ अवस्थामा कार्यालय संचालन गर्दा सेवाग्राहीलाई पनि सर्न सक्ने भएकोले अतिआवश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको उनले बताए । सूचनामा वडाहरुबाट प्रदान गर्ने सेवाहरु वडा कार्यालयले आ–आफ्नो तबरले गर्न वा बन्द गर्ने अधिकार वडाध्यक्षलाई दिइएको जनाइएको छ ।
नगरपालिकाको निर्णयसँगै सदरमुकाम गाईघाट क्षेत्रमा रहेको वडा नं ११ को कार्यालयसमेत बन्द भएको छ । कार्यवाहक वडाध्यक्ष सकुन्तला विकद्वारा जारी सूचनामा नगरपालिकाको कार्यालयसँग जोडिएको वडा कार्यालय भएको र आवतजावत बाक्लो रहेकाले २८ गतेसम्म सेवा बन्द गरिएको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी