काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र अर्थमन्त्रालय दाबी गर्नुपर्ने आवाज उठेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा ‘काम देखाउन सक्ने ठाउँ’ भएकाले अर्थ मन्त्रालय दाबी गर्नुपर्ने आवाज उठेको हो ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले केन्द्रीय समितिमा अर्थ मन्त्रालयको दाबी पार्टीले गर्नुपर्ने आवाज उठेको पुष्टी गरे । ‘अर्थतन्त्र बिग्रेका बेला अर्थ मन्त्रालय पार्टीले सम्हाल्नुपर्छ र यसका लागि दाबी गर्नुपर्छ भन्ने कुरा उठेको छ । तर अहिले हामी सरकारमा जाने कि नजाने भन्ने अन्तिम निर्णय गर्नमै छलफलमा भएकोले यस विषयमा थप छलफल हुन बाँकी छ ।’
रास्वपाको भागमा अर्थमन्त्री पर्यो भने स्वर्णिम वाग्ले अर्थमन्त्री हुने कुरा यस अघि नै पार्टी सभापति रवि लामिछानेले बताईसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्