×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: आउने भए नयाँ बिग ब्रोकर, बोर्ड अध्यक्ष रमेश हमाल बने `सेयर बजारका महानायक´ (भिडियो)

PRIME CA

अन्तत: आउने भए नयाँ बिग ब्रोकर, बोर्ड अध्यक्ष रमेश हमाल बने `सेयर बजारका महानायक´ (भिडियो)

अर्थ सरोकार

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । देश बन्न त आखिर के चाहिने रहेछ र ? कुलमान घिसिङजस्ता प्रशासक र रमेश हमालजस्ता नियामकका नेतृत्व नै काफी रहेछन् देश बनाउन । सिष्टम भनेको सिष्टम हो, सिष्टमभन्दा दायाँबायाँ केहि हुँदैन, कानुन भनेको कानुन हो, कानुनभन्दा माथि कोहि हुँदैन, अडान भनेको अडान हो, मन्त्रीकै फोनले पनि छिसिक्क हुनेवाला केहि छैन, संसारै लागे पनि सत्य एक हुन्छ र सत्यको बाटोमा हिड्नुपर्छ भन्ने बुझेका कुलमान र रमेशजस्ता दुई चार मान्छेहरु हुने हो भने यो देश बिकासका हिसाबले साच्चै स्वर्ग हुने रहेछ ।

नेपालको सेयर बजारमा ब्रोकरको सिन्डिकेट हुँदा जनता कति प्रताडित थिए भन्ने कुराको लेखाजोखा नै छैन । बर्षौंदेखि एकोहोरो राज गरेर, कमाउन पल्केकाहरुले लगानीकर्तामाथि लुट मच्चाएका थिए । केहि थान टेबल र कुर्सी राखेकै भरमा, एसईई दिएर बसेकाहरुलाई इन्टरन राखेर चलेका कतिपय ब्रोकरहरुले नेपालको पूँजी बजारमाथि पटक पटक धावा बोलिरहेका थिए । धितोपत्र बोर्ड र नेप्सेमा उनीहरुकै हालीमुहाली चल्थ्यो । जसले उनीहरुले भनेको मान्दैनथियो, सिधै मन्त्रीकहाँ पुगेर कुर्सी हल्लाउने काम हुन्थ्यो । तर अव त्यस्तो अवस्था रहेन ।

जव धितोपत्र बोर्डमा रमेश हमालको उदय भयो, एक पछी अर्को, अर्को पछी अर्को लगानीकर्तामैत्री निर्णय भईरह्यो । अझ अहिले त बर्षौंपछीको लगानीकर्ताको अवाज सुनिएको भान भएको छ । हो बर्षौंअघिको सेयर लगानीकर्ताको माग, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको प्रक्रिया अन्ततः सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई एलओआई दिने निर्णय गरेको छ । बोर्डको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रदानका लागि १६ कम्पनीलाई छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निर्णय गरेको हो । बोर्डको निर्णयअनुसार १५ वटा स्टक ब्रोकर कम्पनीले धितोपत्र दलालको लाइसेन्स लागि एलओआई पाएका छन् भने एउटा स्टक डिलर कम्पनीले पनि लाइसेन्स पाउने भएको छ ।

यो काम कसैगरी हुन नदिन अहिले भएका ब्रोकरहरुले के के सम्म गरेनन् ? रमेश हमाललाई कहाँ कहाँ बाट यसो नगर्न दबाब दिएनन् होला । सकेको सबै गरे, भ्याएसम्म सबै गर्न खोजे । नेतालाई पैसा बुझाउने देखि, हमालका विरुद्ध लाग्न भनसुन पनि गरे । तर सत्यको अघि कसैको केहि लागेन । नयाँ ब्रोकर लाइसेन्स अव आउने नै भयो, बैंकहरुले ब्रोकर लाईसेन्स पाउने नै भए । अझ यति मात्र कहाँ हो र ? आवेदन दिएको निश्चित समयसीमा भित्र एस र नो भन्नुपर्ने सिष्टम बसाले हमालले । हमालको यो निर्णयले बर्षौंदेखि आईपीओ निष्कासनका लागिसमेत घुस खान पछी नपर्ने बोर्डका केहि पूर्व र केहि अहिलेका कर्मचारीहरुको होस् हवास त उडेको छ नै, बोर्डमा सिष्टम बसेकोमा सबै जना खुसी छन् । यसका लागि धितोपत्र बोर्डका अध्यक्ष कयौं पटक धन्यवादका पात्र छन् ।

यसो त बोर्डको यो निर्णयसँगै सेयर बजारका लगानीकर्ताहरुले बोर्ड र बोर्डका बर्तमान अध्यक्ष रमेश हमाललाई धन्यवाद दिएका छन् । पूँजी बजारको सुधारका लागि बोर्डले गरेको निर्णय ऐतिहासिक भएको लगानीकर्ताको भनाई छ । यतिमात्र होइन, पूँजी बजारका लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेश हमाललाई ‘सेयर बजारको महानायक’को उपाधीसमेत दिएका छन् । १६ वटा नयाँ ब्रोकर कम्पनीलाई एलओआई दिने निर्णयले लगानीकर्ता थप उत्साहितसमेत बनेका छन् ।

यता बोर्ड अध्यक्ष रमेश हमालले पनि पनि बोर्ड निर्णयपछी नेपालको लाइसेन्स प्रणालीमा नयाँ युगको आरम्भ भएको बताएका छन् । लाइसेन्स वितरण प्रक्रियाको सिण्डीकेट तोडेर बजारमैत्री काम गरेको उनको भनाई छ । हुन पनि हो, नेपालमा लाइसेन्सका लागि ठुलो चलखेल हुन्थ्यो, पैसाको डिल हुन्थ्यो, लाइसेन्स पाउनेले नयाँलाई रोक्न खोज्थे र खोजीरहे । तर सब समस्याहरु तोडेर योग्यलाई लाइसेन्स दिने थिति बसालेर हमालले जे गरे, त्यो अनुकरणीय छ ।

रमेश हमालको नेतृत्वमा धितोपत्र बोर्डले जे निर्णय गर्यो, त्यो ऐतिहासिक छ । र त बोर्डको यो निर्णयबाट लगानीकर्ताहरु पनि खुसी छन् ।

र, फेरी पनि बधाई हामी सेयर लगानीकर्ताहरुलाई । साधुवाद रमेश हमाल सर, साधुवाद धितोपत्र बोर्ड । फेरी पनि बधाई ५० लाख बढी लगानीकर्तालाई । र कुरीकुरी, जसले लाइसेन्स त मैले मिलाईदिने हो भनेर चुरीफुरी देखाउँथे र पैसाको डिल गर्न खोज्थे । बाँकी भिडियोमा हेर्नुहोस्ः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: