Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछाने भन्छन्– ‘प्रधानमन्त्रीज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ?’

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

पछिल्लो समय भईरहेको शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कबिहीन र नाम आएकाहरुमाथि फितलो अनुसन्धान भएको भन्दै उनले यो विषयलाई हल्का रुपमा नलिन समेत आग्रह गरेका छन् ।

त्यस्तै, उनले यो प्रकरणमा दोषिलाई उन्मुक्ति दिने वा अनुसन्धान तुहाउने प्रयास भए आफ्नो पार्टी थप सशक्त बन्ने चेतावनी दिएका छन् । ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन ।’, रविले लेखेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ईंकित गदै उलने लेखेका छन्– ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK