काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो ।
सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजीकार्यकै क्रममा मंगलबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । तर, त्यहाँबाट कुनै पनि सुराकी नपाएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।