×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, अनुमति पुग्यो धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNRISE BANK

प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, अनुमति पुग्यो धितोपत्र बोर्ड पुग्यो कम्पनी !

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो। बैंकले जारी गर्ने ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी २१ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८.७५% ब्याजदर दिने बैंकले जनाएको छ । धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ । यसमा आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी